पारदर्शीता अभियान थाल्ने काम भनेको जो जहाँ छन् तीनिहरु सबैले आ – आफ्नो ठाउँबाट सुरुवात गर्ने हो । त्यो पनि आ – आफ्ना कार्यालय संघ संस्था, विद्यालय सबैले बर्षभरी के, कति र कस्तो काम भयो सो को जानकारी सार्वजनिक गर्नु हो ।
पारदर्शीता अभियानको पहिलो खुड्कीलोको रुपमा रहेको सार्वजनिकीकरण अभियानमा जवसम्म हामी सबै सक्रिय हुन सक्दैनौं तवसम्म हाम्रा अभियानहरु पुरा हुनेवाला छैनन् ।
जिल्लाका बिभिन्न बिकास गतिविधिहरुमा भाग लिएका स्थानीय निकाय लगायत बिभिन्न गैर सरकारी संस्थाहरुको लगानीमा पारदर्शीता र दिगोपनामा समस्या भएको गुनासो बढेका बेला जिल्ला बिकास समिति दैलेखले अयिभान जस्तै गरि सावैजनिकीकरणलाई महत्व दिएको छ । यो जिल्लाको लागि निकै राम्रो प्रयास हो । पहिलो पटक जिल्लामा भएकोले बास्तवीक सेवाग्राहीहरुको उपस्थिती न्यून भएको भएपनि आगामी दिनहरुमा यस्तो अभियानलाई थप व्यवस्थित गरेर लानुपर्ने देखिन्छ ।
बृक्ष बिश्लेषण बिधिले दिएको सन्देस सँगै जिल्लाका स्थानीय संचार माध्यामहरुमा पनि यस्ता गतिविधिहरुको प्रकाशन गर्न सकेमा अँझै गाउँ गाउँ सम्म पारदर्शीताको कुरा पुग्ने र आम नागरिकहरुले बजेट आएको र रकम खर्च भएको बारेमा स्पष्ट जानकारी पाउन सजिलो हुने छ । यती मात्र हैन बजेटमा पारदर्शीता अभियानलाई पनि यसले मद्धत पुग्ने देखिन्छ ।








